Sagun Khabar
बझाङ  दुर्गाथली- २ मा  बेसाहाराको अभिभावक वडाध्यक्ष

बैतडी- बझाङको दुर्गाथली २ मा बेसाहाराको अभिभावक वडाध्यक्ष अभियान सुरु भएको छ । वडा शिक्षा समितिले गत महिना को ३० गते गरेको निर्णय अनुसार उक्त अभियान संचालनमा आएको हो । वडा शिक्षा समितिको बृहत छलफल पछि उक्त निर्णय संगै वडा शैक्षिक बार्षिक कार्य तालिका बनाइ शैक्षिक गतिविधि  अगाडि  बढाउने निर्णय समेत भएको छ ।

अहिले बेसाहाराको अभिभावक वडाध्यक्ष अभियान लाई सफल पार्न   विद्यालयबाट बेसाहारा विद्यार्थी को विवरण माग्ने काम भैरहेको वडा अध्यक्ष धन राज मिश्र बताएका छन । यस्तै विद्यालय शिक्षकको मुल्याङ्कनका आधारमा उत्कृष्ट शिक्षकलाई  प्रशंसा पत्र र प्रमाणपत्र  दिने  निर्णय समेत गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षक छनौट प्रकृयामा सुधार गर्दै शिक्षक दरबन्दीमा सुधार गर्ने, उनीहरुलाई  तालिम र पेशागत विकासलाई सुदृढिकरण गर्ने, शिक्षकलाई प्रशंसा तथा प्रोत्साहनको व्यवस्था गरी उत्प्रेरणा अभिवृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय उक्त छलफलबाट पारित  गरिएको वडा अध्यक्ष मिश्रले बताए ।

यसैगरी बालबिकास केन्द्रहरुको अनुगमन तथा सञ्चालनमा सुधार, पाठ्यक्रममा समसामयिक सुधार, बेसाहाराको अभिभाबक वडाअध्यक्ष अभियान सुरु संगै विद्यालय र नागरिकविच सुमधुर सम्बन्ध विकास गर्न अपनाईने कार्यहरुको बारेमा पनि विस्तृत छलफल  गरिएको वडा अध्यक्ष मिश्रको भनाई  छ। 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update