Sagun Khabar
बैतडीमा होली खेलेर संकलित रकमबाट   विद्यालयमा अक्षय कोष स्थापना
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– होली खेलेर संकलन गरिएको रकमबाट बैतडीको एक विद्यालयमा  अक्षय कोष स्थापना गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ मा रहेको दीपज्योति बाल सञ्जालले वडाकै श्री शंकर संस्कृत माध्यमिक विद्यालयमा रू २० हजार रकम बराबरको  दीपज्योति अक्षय कोषको स्थापना गरेको हो ।

बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर दीपज्योति बाल सञ्जालले अक्षय कोष स्थापना गरेको दीपज्योति बाल सञ्जालका अध्यक्ष यज्ञराज धामी (एमन) ले बताए । स्थापना गरिएको उक्त अक्षय कोषबाट प्रत्येक वर्ष विद्यालयका कक्षा १२ मा उत्कृष्ट हुने विधार्थीलाई पुरस्कृत गर्ने  र गरिब, विपन्न, जेहेन्दार, टुहुरा बालबालिका लाई छात्रवृत्ति प्रदान गरिने सञ्जालका अध्यक्ष धामीले बताए।

दीपज्योति बाल सञ्जालले सामाजिक  कुरिती, कुसंस्कार हटाउन सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ  । उक्त विद्यालयमा स्थापना गरिएको अक्षय कोषले टुहुरा बालबालिकाहरुलाई शिक्षा प्राप्तिमा सहज हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update