Sagun Khabar
बैतडीमा राष्ट्रिय परिचयपत्र लिनेको सङ्ख्या भन्दा फोटो खिचाउने धेरै

बैतडी– बैतडीमा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्नेको संख्या उच्च रहे पनि बनिसकेको प्रमाणपत्र लैजानेको सङ्ख्या भने निकै न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको २०८० चैत्र मसान्त सम्मको तथ्याङ्क अनुसार जिल्ला प्रशासन बाट राष्ट्रिय परिचयपत्रको लागि ७ हजार ७ सय २७ जनाले फोटो खिचेको भए पनि बनिसकेको प्रमाणपत्र लिन आउनेको  सङ्ख्या भने ९ सय १४ जना रहेको छ । गत बर्ष  सम्मको उक्त  तथ्याङ्क हेर्दा परिचयपत्र बनाउन फोटो खिच्नेको संख्या उच्च भएपनि बनिसकोको प्रमाणपत्र लिनेको संख्या न्युन रहेको हो । 

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र वितरण गर्ने भए पछि  २०८० साल मंसिरबाट जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अहिले जिल्ला प्रशासन कार्यालय बैतडीले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने बताइएको छ । 

यस्तै बैतडीमा एक बर्षमा नागरिकता बनाउनेको सङ्ख्या ९ हजार २ सय २५ पुगेको छ । यो तथ्यांक २०८०  बैशाख १ गते देखि चैत्र मसान्तसम्मको हो । बैशाख १ देखि चैत्र मसान्तसम्म बंशजको आधारमा ९ हजार २ सय २२ जना ले नागरिकता लिएका छन् भने चार जनाले नेपाली नागरिकता त्यागेका छन् । गैरआवासिय नागरिकता बनाउने एक जना छन भने अङगिकृत नागरिकता दुई जनाले लिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

२०८० बैशाख १ देखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार राहदानीको लागि २ हजार ५ सय ६७ जनाले फोटो खिचाएको भए पनि बनेको राहदानी लिन आउने को संख्या भने २ हजार ६ सय ८३ रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update