Sagun Khabar
बर्षाले बैतडीमा एक घर भत्कियो 
Atrya hospital

बैतडी–लगातारको बर्षाले बैतडीमा एक घर भत्किएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ९ स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

लगातारको बर्षाले शुक्रबार दिउँसो रानाको दुईतले कच्ची घर भत्किएको हो । उक्त घरमा बसोबास नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप बुझ्ने काम भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update