बैतडी - बैतडीमा डिभिजन वन कार्यालय बैतडी र कृषि ज्ञान केन्द्र बैतडीबाट एक बर्षको अबधिमा ६१ हजार बोट बिरुवा वितरण गरिएको छ। आर्थिक बर्ष २०८०/८१ को तथ्यांकअनुसार जिल्लामा ६१ हजार बोट बिरुवा वितरण गरिएको तथ्यांक फेला परेको हो । आर्थिक बर्ष २०८०/८१ मा ७५ हजार बोट बिरुवा वितरणको लक्ष्य रहेको डिभिजन वन कार्यालय बैतडीबाट ५५ हजार र कृषि ज्ञान केन्द्र बैतडीबाट ६ हजार गरेर एक बर्षको अबधिमा जिल्लामा ६१ हजार बोट बिरुवा वितरण गरिएका छन ।
जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका नर्सरीबाट उत्पादन गरिएका जडीबुटी र फलफूलका बिरुवा वितरण गरिएका हुन । डिभिजन वन कार्यालयको नर्सरी र मातहतका सव डिभिजन वन कार्यालयका नर्सरीबाट किसानहरुलाई बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए । यस्तै आर्थिक बर्ष २०८०/८१ को तथ्यांकअनुसार डिभिजन वन कार्यालय बैतडीले जडीबुटी र फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको छ । जसमा दाँते ओखर, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठा, कल्की फूल, धुपी सल्ला लगायतका बिरुवा रहेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी जोशीले बताए ।
कृषि ज्ञान केन्द्र बैतडीले व्यावसायिक रूपमा फलफूल खेती गर्ने किसानहरूलाई बर्षे फलफूलको बिरुवा र हिउँदमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने गर्दछ । सोही अनुसार आर्थिक बर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र बैतडीले एक बर्षको अवधिमा ६ हजार बोट बिरुवा वितरण गरेको हो । प्रतेक बर्ष कृषि ज्ञान केन्द्रले किसानलाई आवस्यकता अनुसार बिरुवा वितरण गर्ने भएकाले किसानलाई रोप्न चाहेको फलफूल बिरुवाको माग सहितको निवेदन अनुसार वितरण गर्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए ।
डिभिजन वन कार्यालय र कृषि ज्ञानबाट प्रत्येक बर्ष जडीबुटी र फलफूलबाट किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुसार बोट बिरुवा वितरण गरिदै आएको भए पनि उद्देश्य अनुसारको प्रतिफल भने पाउन सकिएको छैन ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
