बैतडी - बैतडी सहित सुदुरपश्चिमका पहाडी जिल्लामा चाडपर्वका बेला गाउँ भित्रीएकाहरुको चाडपर्व सकिए संगै गाउँ छोडेर शहर पस्ने लर्को लागे संगै गाउँ रितिन थालेका छन । हिन्दु नेपालीहरुका मुख्य दुई ठुला पर्व दशै र तिहार सकिए संगै दशै र तिहारको लागि गाउँ फर्केकाहरु तराई सहित राजधानी फर्किन थाले संगै पहाडका गाउँ रितिन थालेका हुन ।
कर्मथलोबाट धेरै ब्याक्ती चाडपर्वको बेला पुर्खौली थलोमा फर्किने गरेको भए पनि चाडपर्व सकिए संगै कर्मथलो फर्किने गरेका कारण अन्य बेलाको तुलनामा चाडपर्वको बेला गाउँ भरिभराउ हुने भए पनि चाडपर्व सकिए लगत्तै गाउँ शुन्य हुने गरेका छन । यस्तै दशैंको समयमा पूजापाठका लागि आएकाहरु र तिहारमा दिपावली संगै दिदिबहिनीहरु संग दुःख सुख साटदै तिहारको टीका लगाउन पुर्खौली थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढदा तराई सहित राजधानी फर्किने यात्रुहरुको संख्या बढदै गएको जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायव निरीक्षक धिरज पाठकले बताए ।
तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरू मध्येको एक हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । धुमधाम संग मनाइने दिपावली मनाउन हिन्दु नेपालीहरु टाढा टाढाबाट समेत गाउँ घर फर्किने गर्दछन । चाडपर्वमा पारिवारिक जमघट संगै रमाइलो भए पनि चाडपर्व सकिए संगै गाउँ छोडनेहरुको लर्को लाग्दा सार्वजनिक सवारी साधनमा यात्रुको चाप हुने गरेको ट्राफिक प्रहरी नायव निरीक्षक पाठकले बताए ।
पारिवारिक भेटघाट संगै धार्मिक आध्यात्मिक र मौलिक पर्वको रुपमा लिइने दसैं र तिहारको समयमा बसाइँसराइ गरेर गएका र काम को सिलसिलामा रहेका ब्याक्ती पुर्खौली थलोमा फर्किने गरेका छन । तर चाडपर्वको लागि आएकाहरु चाडपर्व सकिए लगत्तै फर्किदा गाउँ रितिने हुदा गाउँ नै शुन्य लाग्ने गरेको सुर्नया गाउँपालिका ६ का स्थानीय युवा लबदेव धामीले बताए ।
अन्य समयभन्दा चाडपर्वका बेला चाडपर्व सकिए संगै गाउँबाट शहर फर्किनेहरूको संख्या बढ्ने भएकाले यो बेला सडक ब्यास्त रहेको हुन्छ । दशैं र तिहार मनाउनु का साथै मेला र जात्रा हेर्न आउने नागरिकले गर्दा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढने गरेको छ । सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा गाडी चलाउने र ट्राफिक नियमको उल्लंघन गर्ने जस्ता कारणले सडक दुर्घटनाको जोखिम हुने भएकाले सबैले सचेत रहन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
