बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता भएको तीन महिना पूरा भएको छ । किशोरी बेपत्ता भएको तीन महिना बितिसक्दा सम्म किशोरीको अवस्था थाहा नहुदा बेपत्ता किशोरीको परिवारमा चिन्ता छाएको छ ।
असोज अन्तिम साता बेपत्ता भएकी किशोरीको अहिले सम्म केही अत्तोपत्तो लागेको छैन । तिन महिना बित्दा पनि उनको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरिरहेको छ । गत असोज २५ गते किशोरी बेपत्ता भएकी थिइन् । सोही दिन उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका थिए । अहिले आरोपित जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले उनलाई कार्तिक १३ गते कारागार चलान गरिएको थियो । त्यसपछि सिआइबीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
प्रहरी हवल्दार जोशी पञ्चेश्वर–२ कै महाकाली प्रहरी चौकीमा कार्यरत थिए । उनलाई महाकाली नदीपारी भारततर्फबाट स्थानीयले नियन्त्रणमा लिएका थिए । किशोरी र उनीबीच कुनै न कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छ भने प्रहरी अनुसन्धानबाट पनि २५ गतेसम्म उनको किशोरीसँग भेट भएको निष्कर्ष निकालिएको छ । अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिए पछि किशोरी बेपत्ता पारेको ४ दिनपछि बेपत्ता किशोरीका आफन्तबाट किशोरी बेपत्ता पारेको आरोप लागेका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी परेको थियो । किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको भन्दै बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता भएको चार दिनपछी किटानी जाहेरी दिएका थिए । तेसपछी बेपत्ता किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा बेपत्ता किशोरीका परिवारले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित तत्कालीन महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आरोपित हवल्दार अहिले पुर्पक्षका लागि कारागार चलान गरिएको बताइएको छ । अदालतमा मुद्दा पछि पुर्पक्षका लागि कारागार चलान ! बेपत्ता किशोरीका आफन्तले किशोरी बेपत्ता आरोप लगाएका हवल्दार जोशीको नाममा किशोरी बेपत्ता भएको चार दिनपछि दिएको किटानी जाहेरी पछि आरोपित हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएको थियो । हवल्दार जोशीको नाममा अदालतमा मुद्दा दर्ता भएपछि तेहि दिन दिउँसो नै अदालतबाट पक्राउ अनुमति ल्याएर आरोपित हवल्दार जोशीलाई हिरासतमा राखिएको थियो । अहिले भने आरोपित हवल्दार जोशी पुर्पक्षका लागि कारागार चालान भैसकेका छन।तर बेपत्ता किशोरीका परिवारले दिएको किटानी जाहेरी दिएर जोशी कारागार चलान गरेर तीन महिना बितिसक्दा सम्म पनि किशोरी कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा भने खुल्न सकेको छैन ।
किशोरीका तस्बिर सहितका फोटेज बारे के ..?
आरोपित हवल्दार जोशीको नाममा किटानी दिएका किशोरीका आफन्तका अनुसार किशोरी बेपत्ता आरोप लागेका महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशीले किशोरीलाई बेला बेला भेट्न बोलाएका तथ्य प्रमाण र तस्बिर संगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो फोटेज समेत आफू संग रहेको दाबी गर्ने गरेका थिए । बेपत्ता किशोरी पक्षबाट किटानी जाहेरी संगै प्रमाणका रूपमा पेस गरेका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनबाट फेला पारेको बेपत्ता किशोरीका आफन्तले बताए पनि किशोरीलाई भने फेला पार्न सकेको छैन ।
घटना रहस्यमय , बेपत्ता किशोरीको खोजीका लागि प्रहरीको सुक्ष्म अनुसन्धान !
किशोरी बेपत्ता भएको तिन महिना पुग्दा सम्म पनि किशोरीको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीले बेपत्ता किशोरी प्रकरणको सुक्ष्म अनुसन्धान थालेको छ तर किशोरी कहाँ कुन अवस्थामा छिन भन्ने कुरा भने पत्ता लाग्न सकेको छैन । किशोरीको अवस्था पत्ता लाग्न नसक्दा बेपत्ता किशोरीका आफन्त आक्रोशित हुनु का साथै घटना समेत पेचिलो हुँदै गएको छ । बरिष्ट प्रहरी हवल्दार नै संलग्न रहेको सिमानाका नजिकको किशोरी बेपत्ता घटना रहस्यमय देखिएको पञ्चेश्वर गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष वीर बहादुर चन्दले बताए ।
किशोरी बेपत्ता प्रकरणको उक्त घटना अहिले सिआईबी र जिल्ला प्रहरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
