गोविन्द पन्त बैतडी - बैतडीको दशरथचन्द नगरपालिकाले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थालेको छ । पशु सेवा शाखामा आवश्यक स्रोतसाधन र जनशक्तिको प्रबन्ध मिलाउदै पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थालेको पशु सेवा शाखाले जानकारी दिएको छ । पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थालिएको शाखा प्रमुख ईश्वरी दत्त भट्टले बताए ।
नगरपालिकाको सहयोग तथा पशु सेवा विज्ञको सल्लाह बमोजिम पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थाले बताइएको छ । नगर क्षेत्र भित्र रहेका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थालेको शाखा प्रमुख भट्टको भनाइ रहेको छ ।
यस्तै पशु सेवा शाखामा उपलब्ध स्रोत साधनको उपयोग गर्दै सेवा प्रदान गरिने शाखाले जानकारी दिनु भएको छ। पशु स्वास्थ सेवाको सहजताका लागि आफ्नै ल्याबल स्थापनको तयारीमा रहेको शाखाले पशुपन्छी तथा घरपालुवा जनावरलगायतको उपचारका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गर्ने योजनामा समेत रहेको बताइएको छ ।
विशेषतः पशु स्वास्थ्यको महत्व मानव स्वास्थ्यसँग जोडिएको हुन्छ। तसर्थ यो विषयमा प्रचार प्रसार गर्न सके पशु स्वास्थ संगै मानव स्वास्थ्यमा समेत सुधार हुन पुग्ने बताइएको छ ।
अस्वस्थ पशुबाट नै कतिपय रोग मानिसमा सर्ने भएकाले पशु स्वास्थ्यको विषयमा अझै पनि गाउँ घरमा किसानलाई राम्रो संग जानकारी नभएकाले यस विषयमा प्रभावकारी अभियान चलाउन सके पशु संगै मानव जीवनको समेत रक्षा गर्न सकिने शाखा प्रमुख भट्टले बताएका छन । यसका लागि आवश्यकता र सम्भावना पहिल्याएर अगाडी बढ्न थालेको बताउदै शाखा प्रमुख भट्टले तीन बर्ष अगाडी मात्रै देशभर नै फैलिएको लम्पी स्किन रोग फैलिनुमा थुप्रै कमजोरी हुन पुगेको बताउनुभएको छ ।
उहाँले भन्नू भयो कतिपय ठाउँमा अहिले पनि तीन बर्ष पहिले देखिएको रोग विकराल बन्दै गइरहेको छ। हामीले कुनै पनि विषयलाई गहिरो गरी बुझ्न खोज्दैनौं। छिमेकी मुलकमा यो रोग महामारीको रुपमा फैलिदा यहाँ पनि आउँछ भन्ने नसोच्दा आज यो स्थिति भएको हो। तसर्थ पूर्व तयारीका पक्षमा हामिले लाग्नु अति आवश्यक छ ।
 




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
