Sagun Khabar
जयसिंहको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय 

दार्चुला –भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । 

बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका  परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन् । 

यसैबीच संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । यस्तै उक्त घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राज्य व्यवस्था समितिले निर्देशन दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update