Sagun Khabar
दार्चुलामा महाकाली लोकमार्ग अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै शुक्रबार रातिको वर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिका अन्तरगतको सडक पनि अवरुद्ध भएको बताइएको छ । सडक सुचारु गर्नका लागि प्रयास गरिरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यातायातका साधनहरु बाटोमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update