
गोविन्द पन्त बैतडी - बैतडीको प्रसिद्ध धार्मिक स्थल निङ्गलाशैनी भगवती मन्दिरको ६८ कि जात्रा अर्थात हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन रागा र बोकाको बलि सहित हुने जात्रा हेर्न आवातजावत गर्ने पैदल यात्रु र गाडीले अस्तव्यस्त बनेको दशरथचन्द राजमार्ग दुर्घटना देखि अबरुद्ध सम्म बन्न पुगेको छ ।
जात्रा सुरु भए सँगै दशरथचन्द राजमार्गमा दिनभर चहलपहल बढेको थियो । भक्तजनहरू मन्दिर दर्शन गरेर फर्किने र दर्शन गर्न जाने पैदल यात्रु र सडक सवारीसाधन संगै स्थानीय व्यापारीहरूको भीडले राजमार्ग अस्तव्यस्त बनेको हो ।
वर्षौंदेखि धार्मिक आस्थासँगै सांस्कृतिक रूपमा समेत महत्वपूर्ण मानिँदै आएको यो जात्रामा यसपालि भने हजारौं भक्तजनको उपस्थितले सडक अस्तव्यस्त भएको बताइएको छ । दर्शन गर्न गएका हजारौ यात्रुले दर्शनपछि फर्किने क्रममा सडक क्षेत्रमा पैदल यात्रु, मोटरसाइकल, जीप तथा अन्य सवारी साधनहरूको अत्यधिक भीड देखिएको छ। यसले गर्दा दशरथचन्द राजमार्गको ट्राफिक व्यवस्थापनमा चुनौती थपिए संगै बेलुकी पख सडक दुर्घटना परि एक महिलाको मृत्यु हुन पुगेको छ ।
सडकको दुबै छेउबाट यात्राको ओहोरदोहोर र भक्तजनहरूको भीडले सडकमा पैदल हिँड्ने तथा सवारीसाधनको ओहोरदोहोरले राजमार्ग नै अस्तव्यस्त बनेको पछि बसको ठक्कर बाट दशरथचन्द नगरपालिका वडा न १ दउनेबाज बस्ने जन्दाजी ३०–३२ बर्षिय भागरथी लुहार रहेको मृत्यु भएको बुझिएको छ । स्थानीय महिलाको मृत्यु पछि सडक अबरुद्ध गरिएको बताइएको छ । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेपनि भीड नियन्त्रणमा लिन कठिनाइ भएको पछि राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस जात्राले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने भएपनि उचित व्यवस्थापनको अभावमा सडक जाम, दुर्घटना र अस्तव्यस्तताले जनजीवन प्रभावित बनेको छ ।दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिदा स्थानीय महिलाको मृत्यु पछि अवरुद्ध दशरथचन्द राजमार्ग राती ९ बजेबाट सुचारु भएको छ ।