
गोविन्द पन्त बैतडी - देशका विभिन्न स्थानमा लगातारको भारी वर्षा र त्यसबाट सिर्जित जोखिमलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले तराई तथा पूर्वी, मध्य र पश्चिमका केही जिल्लामा बाढी, पहिरो र डुबानको सम्भावना उच्च रहेको जनाएको छ । तर, सुदूरपश्चिम प्रदेशका बैतडीसहितका पहाडी जिल्लामा भने सामान्य बदली भएकाले वर्षाको जोखिम पनि सामान्य नै रहेको छ । पछिल्ला दिनमा यहाँ आंशिकदेखि सामान्य बदली भएपनि ठूलो जोखिम हुने सम्भावना भने छैन ।
बैतडी सहित आसपासका पहाडी जिल्लामा हल्का वर्षा हुने अनुमान भए पनि पहिरो तथा ठूला प्राकृतिक विपत्तिको खतरा न्यून रहेको भएपनी आणिघोप्टे वर्षा भने हुनसक्ने अनुमान गरिएको छ । तसर्थ, महाशाखाले स्थानीय तहलाई सतर्क रहन र आकस्मिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
नेपालमा हिउँद र मनसुनको समयमा वर्षाको अनियमितता बढ्दै गएको भन्दै विज्ञहरुले दिगो पूर्वाधार, उचित वन व्यवस्थापन र समयमै चेतावनी प्रणाली विस्तार गर्न सुझाव दिएका छन् । यसैबीच, सुदूरपश्चिमका नागरिकले मौसम सामान्य रहेको बताउँदै निरन्तर वर्षाले क्षति पुर्याउने अवस्था नआएकोमा राहतको अनुभव गरेका छन् ।