Sagun Khabar
मृतक भागरथी लुहारका बालबच्चाको जिविकोपार्जनका लागि आर्थिक सहयोगको अपिल

बैतडी - बैतडीको दशरथचन्द नगरपालिका–१ दौनेबाज बस्ने भागरथी लुहारको असामयिक  निधनपछि परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।

परिवार र आफ्नत बाट सक्दो प्रयासरत रहेपनी लुहारको पारिवारिक स्थिती नाजुक भएपछी अहिले आर्थिक सहयोगको अपिल गरिएको बताइएको छ । भागरथी लुहारको यहि असोज १४ गते देहिमाण्डौँ मेलाको दिन मेला हेरी घर फर्किंने क्रममा दशरथचन्द नगरपालिका–१ गुरुखोला स्थित मणिलेक माध्यमिक विद्यालयको गेट नजिक बसको ठक्करबाट मृत्यु भएको थियो ।

बसको ठक्करबाट घटनास्थलमै ज्यान गुमाएकी लुहारका दुई सन्तान रहेको बताइएको छ । लुहारका परिवारमा मृतक भागरथीका श्रीमान र उनका स–साना दुई बालबालिका रहेका भएपनी श्रीमानको अवस्था समेत नाजुक रहेकाले लुहार परिवार संकटमा परेको सहयोग अभियान्ता डि एन कोलिले बताए । भागथी लुहारको मृत्यु पछि अहिले उनका सात वर्षका छोरा र नौ वर्षकी छोरा सहित वृद्धावस्थामा रहेका  श्रीमानको बिचल्ली परेको कोलिले बताएका छन ।

मृतक लुहार दम्पती बस्ने घर समेत जिर्ण रहेको मृतकका आफ्नत तेजराम लुहारले बताए । लुहारको घर जिर्ण भएकाले अहिले मृतक भागरथीको परिवार छिमेकीको घरमा बस्दै आएको बताइएको छ ।

भागरथी लुहार साधारण ग्रामीण परिवारकी गृहिणी मात्र नभई घरको श्रमशक्ति र परिवारको मुख्य सहारा थिइन् । श्रीमान् नरिभान लुहार मजदुरी गरेर परिवार पाल्दै आएका भए पनि श्रीमतीको मृत्यु पश्चात् परिवारको दैनिकी कठिन र बाँच्नै मुस्किल हुने अवस्थामा पुगेको आफ्न्तहरुले बताएका छन ।

धेरैले अहिले मृतक भागरथीलाई श्रद्धाञ्जली दिदै आफ्नो सामाजिक सञ्जालमार्फत परिवारलाई सहानुभूति प्रकट गर्दै आर्थिक सहयोगको अपिल गरेका छन् । आर्थिक सहयोग गर्न चाहनेले बैतडीको सतबाझ स्थित एन आइ एम बि बैंकको बसन्ती लुहार नामको खाता न ०६५०५०५०२७४०३६ मा रकम जम्मा गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update