Sagun Khabar
एबीसी क्रिकेट कप २०८२ : तेस्रो संस्करणको तेस्रो दिन बिनासुको प्रभावशाली प्रदर्शन

बैतडी : बैतडीको देहीमाण्डौंमा सुरु भएको एबीसी क्रिकेट कप २०८२ को तेस्रो संस्करणअन्तर्गत तेस्रो दिनका खेलहरू निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका छन्। यस दिन चार खेल सम्पन्न भएका मध्ये बिनासु टिम ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार विजय हासिल गरेको छ भने खेलाडी हर्स कार्कि लगातार दुई पटक ‘म्यान अफ द म्याच’ बन्न सफल भएका छन्।

तेस्रो दिनको पहिलो खेल टिम्स ११ र निङ्गलाशैनी स्मार्ट बोइज बीच सम्पन्न भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टिम्स ११ ले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १४१ रनको बलियो योगफल तयार पार्‍यो। टोलीका अरुण मल्ल ले २५ बलमा नटआउट ६८ रनको उत्कृष्ट पारी खेले। जबाफी ब्याटिङमा उत्रिएको निङ्गलाशैनी स्मार्ट बोइज ले १० ओभरमा ६ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो। स्मार्ट बोइजका जिवन बोहरा ले ३२ बलमा ७८ रनको योगदान दिए। उत्कृष्ट प्रदर्शनका आधारमा टिम्स ११ का अरुण मल्ल ‘म्यान अफ द म्याच’ घोषित भए। दोस्रो खेल बिनासु र डीजे २.० बीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ गरेको बिनासु ले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १७६ रनको विशाल योगफल तयार पार्‍यो।

जबाफी ब्याटिङमा उत्रिएको डीजे २.० ले निर्धारित ओभरमै आफ्ना सम्पूर्ण विकेट गुमाउँदै ८४ रनमा सीमित रह्यो। बिनासु का हर्स कार्कि ले १६ बलमा ४७ रन बनाउँदै १ विकेट सहित ‘म्यान अफ द म्याच’ बन्न सफल भए । तेस्रो खेलमा बिनासु र टिम्स ११ आमनेसामने भए। टस जितेर पहिले ब्याटिङ गरेको बिनासु ले २ विकेटको क्षतिमा निर्धारित १० ओभरमा २०० रनको विशाल योगफल बनायो र २०१ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङमा उत्रिएको टिम्स ११ ले १० ओभरमा ९ विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो। यससँगै बिनासु ले १२५ रनको फराकिलो अन्तरले विजयी नतिजा हात पार्‍यो।

हर्स कार्कि ले पुनः उत्कृष्ट प्रदर्शन गर्दै ३० बलमा ६६ रन बनाए र १ विकेट पनि लिँदै लगातार दोस्रो पटक ‘म्यान अफ द म्याच’ बन्न सफल भए। तेस्रो दिनको अन्तिम खेलमा निङ्गलाशैनी स्मार्ट बोइज र डीजे २.० भिडे, टस जितेर फिल्डिङ रोजेका स्मार्ट बोइजले डीजे २.० लाई ब्याटिङको निम्तो दिए। डीजे २.० ले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङमा उत्रिएको निङ्गलाशैनी स्मार्ट बोइज ले १० ओभर खेल्दै ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो।

डीजे २.० ले २७ रनको जित हात पार्‍यो। यस खेलमा राकेश पाण्डे ले ११ बलमा ३३ रन र ३ विकेट लिँदै ‘म्यान अफ द म्याच’ घोषित भए। तेस्रो दिनमा सम्पन्न खेलहरूमध्ये बिनासु टिम ले लगातार दुई खेलमा विजय हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। हर्स कार्कि र अरुण मल्ल जस्ता खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै प्रतियोगितालाई अझ रोचक बनाएका छन्।

एबीसी क्रिकेट कपले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण, प्रतिस्पर्धात्मक भावना र खेलमैत्री वातावरणलाई थप बलियो बनाएको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update