Sagun Khabar
बैतडीमा एक पुरुष मृत फेला 

बैतडी–बैतडीमा एक पुरुष मृत फेला परेका छन् । 

जिल्ला सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ४० बर्षीय कपील जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

शुक्रबार घरबाट निस्केका जोशी शनिबार दशरथचन्द नगरपालिका–४ बबेत भन्ने स्थानमा मृत फेला परेका हुन् । 

जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा उनी बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका प्रहरी निरीक्षक सिंहले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update