Sagun Khabar
बैतडीमा सर्वदलीय बैठक सम्पन्न , १ बजेबाट मतगणना सुरु हुने

बैतडी - बैतडीमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

जिल्लामा मतगणना भने १ बजेबाट मात्रै सुरु हुने छ । हिजो सम्पन्न भएको मतदानमा बैतडी जिल्लामा ७३ हजार १४८  मत खसेको छ । बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७३ हजार १४८ ले मतदान गरेका छन् ।

जसमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र १ अन्य मतदाताले मतदान गरेका छन् । बैतडीमा कुल मतदातामध्ये ४६ दशमलव ५७ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update