नेपाली सेनाद्वारा त्रिपुरासुन्दरी मन्दिरमा सरसफाइ
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी मन्दिरमा नेपाली सेनाले सरसफाइ गरेको छ ।
त्रिपुरासुन्दरी मन्दिरमा बुधबार जात्रा समापन भएपछि आज मन्दिर परिसरमा सरसफाइ गरिएको हो । नेपाली सेनाको गढीस्थित श्रीबक्स गुल्मबाट खटिएका सैनिक जवानहरुले मन्दिर परिसरमा सरसफाइ गरेका हुन् ।
जात्राको समयमा मन्दिर परिसरमा फोहर भएकाले नेपाली सेनाले उक्त फोहर सरसफाइ गरेको हो । नेपाली सेनाले जिल्लास्थित विभिन्न मठमन्दिरहरुमा सरसफाइ गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३ १३:१०
प्रतिक्रिया दिनुहोस्




