Sagun Khabar
दार्चुलाको मार्मामा साबुनको उत्पादन हुन थाल्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-दार्चुलाको मार्मा गाउँपालिका वडा न। २ लामिबगरमा  सावुनको उत्पादन गर्न थालिएको छ ।  मार्मा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजानाको आर्थिक तथा प्राबिधिक सहयोगमा शिवलिङ् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करिब ६० लाख बराबरको लागतमा स्थानीय स्तरमै सावुनको उत्पादन गर्न थालेको हो । स्थानीय कच्चा पदार्थलाई प्रसोधन गरी दैनिक ४ हजारको हाराहारीमा सावुन उत्पादन गर्ने लक्ष्य बोकेको सञ्चालकको भनाइ छ ।

यहीँ पुस २३ गते बाट पहिलो उत्पादन गरि स्थानिय स्तरमा परिक्षण गर्दा राम्रो नतिजा आएको जनाएको छ । सुरूमा लुगा धुने साबुनको मात्रै उत्पादन भइरहेको र केहि दिनमा स्थानीय स्तरबाटै चिउरी संकलन गरेर चिउरी नामक नुहाउने सावुनको उत्पादन गरिने शिवलिङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश सिंह डडालले बताए ।

समग्र पालिकाको सम्बृद्धि र पालिकामा रहेको बेरोजगारी हटाउने उद्धेश्यले यो कार्यको थालनी गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामिले बताए । स्थानिय स्तरमा दक्ष जनशक्तिको अभाव रहेकोले तालिम सञ्चालनमा ल्याएर अबका दिनहरुमा देश भरिनै उत्पादन पुर्याउने उदेश्य रहेको जलस्रोत अधिकृत रमेश अवस्थीले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update