Sagun Khabar
हरिशले किन गरे अपहरणको नाटक, कसरी गरे डम्मरको बिभत्स हत्या (पूरा पढ्नुहोस )

बैतडी – गएको मसिंर १४ गते साँझ ७ बजे खाना खाएर कोठामा सुत्न जान्छु भनेर गएका सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थी सदाका लागि अस्ताएका छन् । मंसिर १५ गते बहिनीको दाँत बनाउन उनले डडेल्धुरा अस्पताल जाने योजना बनाएका थिए । तर मंसिर १४ गते राती नै डम्मर घरबाट बेपत्ता भएपछि बहिनीको दाँतको उपचार गर्ने उनको सपना अधुरै रह्यो । 

कुरा हो २०७८ मंसिर १४ गते बेलुकीको , डम्मर अवस्थीले दिउँसो बहिनी सगं भनेका थिए भोलि बिहानै दाँत बनाउन अस्पताल जानुपर्छ है तयार भएर बस्नु ।  बहिनिले पनि हुन्छ भन्दै खुसि भएर सधै दुखेर पीडा दिने दाँत अस्पताल गएर उपचार हुने भयो भनेर खुसि हुँदै सुतेकि थिइन । बिहानै तयार भएर दाइलाई बोलाउन जाँदा ढोका बन्द थियो भने उनका दाई कोठामा भेटिएनन् । 

कोठामा दाई नभएको कुरा उनकी बहिनीले बुवालाई सुनाइन् बुवाले कतै गएको होला आउला भनेर भने तर डम्मर कहिले नआउने गरि अस्ताईसकेका रहेछन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

दिन बित्दै जाँदा डम्मर घरमा नआएपछि परिवारजनले खोजी कार्य शुरु गरे । उनको फोन मंसिर १४ गते रातीदेखि नै स्वीच भएकाले परिवारजनलाई झन् समस्या भयो । 

डम्मर अवस्थी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत थिए । परिवारलाई पार्टीलाई समेत बेपत्ता भएका डम्मरको खोजी गरिदिन आग्रह गरे । तर पार्टीले पनि आफ्नो सम्पर्कमा नरहेको भनेर घरपरिवारलाई खबर पठायो । 

बेपत्ता भएका डम्मर फेला नपरेपछि घरपरिवारले प्रहरीलाई निवेदन दिएर कल डिटेलको लागि माग गर्यो । केही दिन ढिला गरेर कल डिटेल प्राप्त भएपछि कल डिटेल हेर्दा मसिंर १४ गते बेलुकी ७ः१५ मा डम्मरको मोबाइलमा अन्तिम कल गाउँ नजिकैको नाता पर्ने हरिशा अवस्थीको भेट्टियो । सोही कलपछि डम्मर बेपत्ता भएकाले हरिशा अवस्थी प्रति संकाका घेराहरू तेर्सिन थाले ।

पिडित परिवारका अनुसार १४ मंसिरमा हराइरहेका डम्मर अवस्थीको मोबाइलमा हरिशको अन्तिम कल भएको कुरा बाहिर आएपछि हरिशले आफ्नो हाउभाउ परिवर्तन शुरु गरेका थिए । 

कल डिटेलकै आधारमा पौष १८ गते प्रहरीले हरिश र डम्मर अवस्थीको घरबाट मान्छे बोलाएर सामान्य सोधपुछ गर्यो तर हरिशले केही कुरा खोल्न मानेन । प्रहरीले बरू केही शंका भए घर नजिकैको जंगलमा  खोजतलास गर्नुस भनेर दुबै पक्षलाइ घर पठायो । घर नजिकैको जंगलहरूमा खोज्दा कँहि कतै नभेट्टाएपछि थकित भएर घरमा बसेका थिए पिडित पक्ष । 

रगतले र आत्माले आफै बाटो दिन्छ भन्छन हो त्यहीँ सत्य अन्तर्गत २२ गते हरिश अवस्थीले गरेको अपहरणको नाटक नै घटना पत्ता लाग्ने मुख्य मियो बन्यो । 

पुस २२ गते हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक रचे । घरबाट आँफै बाँके गएर नदी किनारमा पानीमा भिजेर मलाई विप्लवका कार्यकर्ताले निवस्त्र बनाएर कुटपिट गरि आधा घण्टाको लागि फोन दिएको छ ,आधा घण्टा पछि मलाई मार्दैछन भनेर मृतक डम्मर अवस्थीका सहोदर दाइ तिर्थ अवस्थीलाई फसाउन फेसबुक मार्फत झुटा स्ट्याटस पोष्ट गरे र प्रहरीलाई उद्धार गरिदिन आग्रह गरे । बाँकेबाट हरिश अवस्थीलाई  प्रहरीले भिजेको अवस्थामा उद्धार गरेर सोधपुछ गर्दा कुनै कुरा पनि नबताएको र उल्टै हडबडाएको अवस्थामा देखेपछि हरिशलाई निगरानीमा राख्दै बैतडी जिप्रका पठायो । बैतडी प्रहरीले गहन रूपमा हरिशलाई  केरकार गर्दा आफैले डम्मर अवस्थीलाई मारेर गुफामा पुरेको भन्ने बयान र दिएको लोकेसनकै आधारमा शव फेला परेको छ । 

शव हरिश अवस्थीको घर नजिकैको गुफामा करिब डेढ महिनापछि पुरेको अवस्थामा भेट्टिएको छ । यो घटनाको प्रकृति हेर्दा पक्कै पनि हरिश एक्लैले यो घटना गरेको जस्तो देखिदैन ।  घटनाका सबै दोषीलाई  पत्ता लगाएर संलग्नहरूलाइ हदै सम्मको कारवाही हुनु आवश्यक छ । गाउँकै मान्छेको बिभत्स हत्याले गाउँमा समेत त्रास फैलिएको छ । त्यसैले यो घटनाको उचित छानबीन र अनुसन्धान हुनु जरुरी छ । 

हरिशले डम्मरको हत्या किन गरे भन्ने कुरा अझै पनि खुल्न बाँकी रहेको छ । यो घटनामा अरु पनि संलग्न थिए कि वा हरिश एक्लै थियो भन्ने कुराको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यस्तो विभत्स हत्याले समाजमा भने त्रास फैलाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update