Sagun Khabar
दार्चुलामा कोरोना संक्रमण रोकथामका लागि सातबुँदे आदेश जारी

दार्चुला – कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सात बुँदे आदेश जारी गरेको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आदेश जारी गरेका हुन् । 

आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । यस्तै माघ ७ गतेपछि सार्वजनिक स्थानमा प्रवेश गर्दा  र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै घर बाहिर निस्किँदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

यसैगरी विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा प्रवेश गर्ने नागरिकहरुले सम्बन्धित तहको स्वास्थ्य शाखाको समन्वयमा होम क्वारेन्टाइनमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । आदेशको उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने समेत जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update